बुधबार, कार्तिक १२, २०८३
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगको छलफल

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न पक्षबाट छलफल अघि बढाएको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीले सरोकारवाला तथा जानकारहरूसँग ‘आउट अफ कन्ट्री भोटिङ’का सम्भावित विकल्पबारे विमर्श गरिरहेका छन्।

आयोगले विदेशमा रहेका नेपालीको सङ्ख्या, मतदाता नामावलीमा समेट्ने प्रक्रिया, मतदान केन्द्रको सम्भावित व्यवस्था, मतदानको विधि तथा मतपत्र व्यवस्थापनलगायत प्राविधिक र प्रशासनिक पक्षमा अध्ययन गरिरहेको जनाएको छ।

यसक्रममा परराष्ट्र मन्त्रालयको सहजीकरणमा विभिन्न मुलुकस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग समेत छलफल गरिएको आयोगले जनाएको छ। आयोगले दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना, हुलाकमार्फत मतदान, प्रतिनिधिमार्फत मतदान तथा विद्युतीय वा मिश्रित विधिका विकल्पबारे समेत अध्ययन गरिरहेको छ।

प्रकाशित: शनिबार, आश्विन १०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय