
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाह महासभामा सहभागी हुन असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए भने असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए।

