
बागलुङ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण बागलुङको ताराखोलामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए।
पहिरोले घरमा आंशिक क्षति पुगेको र रोका सुत्ने कोठामा रहेका बेला पुरिएको प्रहरीले जनाएको छ। अहिले स्थानीयवासीको सहयोगमा पहिरोबाट शव निकाल्ने काम भइरहेको छ।

