बुधबार, कार्तिक १२, २०८३
उपत्यकाका नदीमा बाढी बढेपछि करिडोरमा यात्रा नगर्न ट्राफिक प्रहरीको आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका नदी तथा खोलामा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर सडक भएर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ललितपुरको च्यासलस्थित पुललाई बाढीले छोएपछि ट्राफिक प्रहरीले उक्त पुलबाट आवतजावतमा रोक लगाएको छ। साथै, उपत्यकाका विभिन्न नदीमा जलसतह बढेपछि तटीय क्षेत्रमा निगरानी बढाउँदै प्रहरीले माइकिङमार्फत करिडोरमा यात्रा नगर्न आग्रह गरिरहेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार नदी तथा खोलाको जलसतह बढेसँगै सम्भावित जोखिमलाई ध्यानमा राखेर तटीय क्षेत्रमा सुरक्षा निगरानी बढाइएको हो।

प्रकाशित: शुक्रबार, आश्विन ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय