बुधबार, कार्तिक १२, २०८३
प्रतिकूल मौसमका कारण देशभर हवाई उडान प्रभावित

काठमाडाैं । काठमाडौंसहित देशभर प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विभिन्न विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो।

मौसमको प्रतिकूलताका कारण तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडान प्रभावित भएका छन्। तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ भने भरतपुरका लागि बुद्ध एयरका तीनवटा उडान रद्द भइसकेका छन्।

प्रकाशित: शुक्रबार, आश्विन ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय