
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा गरी रु १५ अर्ब ५३ करोड २४ लाखभन्दा बढी मौज्दात रहेको छ।
रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा पछिल्लो २४ घण्टामा मात्रै कोषमा रु २० करोड ७२ लाखभन्दा बढी रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कोषमा रहेको रकममध्ये सरकारले यसअघि रु १ अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

