
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३६ ग्राम सुनसहित ४२ वर्षीय भारतीय नागरिक मोहम्मद चेरा थोडी र ६९.६ ग्राम सुनसहित बाराको पचरौता नगरपालिका–१ का ३३ वर्षीय अनिश अन्सारी पक्राउ परेका छन्।
कतारको दोहाबाट काठमाडौं आएका दुवै जनालाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरी सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

