
ललितपुर । ललितपुरको बागमती गाउँपालिका–३ काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ। पहिरोका कारण सडकको दुवैतर्फको आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त स्थान भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ पर्छ।

