बुधबार, कार्तिक १२, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य रूपमा जानकारी लिन व्यवसायी तथा यात्रुलाई आग्रह गरेको हो।

सम्भावित प्रतिकूल मौसम तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न र रातिको समयमा यात्रा नगर्न महासंघले अनुरोध गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि सरोकारवालालाई गरेको अनुरोधअनुसार यातायात सञ्चालनमा आवश्यक सावधानी अपनाउन आफ्ना सदस्यहरूलाई सचेत गराइएको महासंघले जनाएको छ।

प्रकाशित: बुधबार, आश्विन ०७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय