बुधबार, कार्तिक १२, २०८३
विकासशील मुलुकलाई विश्वव्यापी शासनमा निर्णायक भूमिका दिनुपर्नेमा खनालको जोड

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूलाई विश्वव्यापी शासन र नीतिनिर्माणमा प्रभावकारी भूमिका दिनुपर्नेमा जोड दिएका छन्।

ग्लोबल साउथका मुलुक तथा मित्र राष्ट्रहरूको उच्चस्तरीय बैठकमा उनले नियम पालना गर्ने भूमिकाबाट अघि बढेर नियम निर्माणमा समेत सक्रिय हुनुपर्ने बताए।

उनले विश्वव्यापी शासन प्रणालीको लोकतान्त्रीकरण, अन्तर्राष्ट्रिय संस्थाहरूको पुनर्संरचना र न्यायपूर्ण वित्तीय पहुँचको पक्षमा धारणा राखे। साथै, विश्व व्यापार संगठन केन्द्रित खुला, निष्पक्ष तथा नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्नुपर्नेमा पनि उनले जोड दिए।

प्रकाशित: बुधबार, आश्विन ०७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय