
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। आकस्मिक समयमा सांसदहरूले समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराइरहेका छन्।
आज पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहरमैला व्यवस्थापन विधेयक प्रस्तुत गर्ने कार्यक्रम छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको तेस्रो संशोधन तथा भुक्तानी तथा फस्र्यौटसम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछिन्। संसद् सचिवालयले विभिन्न समितिका आजका बैठकहरू स्थगित भएको जानकारी दिएको छ।

