
काठमाडौँ । सेयर बजारमा आज नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४ अंकमा पुगेको छ। कारोबार रकम ७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।
आज मिडसोलु हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेको छ। फर्स्ट माइक्रोफाइनान्स ७.७५, मैलुङखोला जलविद्युत् ५.६३ र मान्डु हाइड्रोपावर ५.४३ प्रतिशतले बढेका छन्।
यसैगरी स्नो रिभर्सको मूल्य ८.२३, नारायणी डेभलपमेन्ट बैंकको ६.९६, बोटलर्स नेपाल बालाजुको ६.७५ र इनफिनिटी लघुवित्तको ५.६४ प्रतिशतले घटेको छ। आज १३७ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनी घटेका छन् भने ११ कम्पनी स्थिर रहेका छन्।

