मंगलबार, आश्विन ०६, २०८३
समुद्री जैविक विविधता संरक्षण सम्झौता पारित, कानुन निर्माणमा जोड

काठमाडौँ । प्रतिनिधिसभाले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

कानुनमन्त्री सोविता गौतमले प्रस्ताव पेस गर्दै सम्झौताअनुसार आवश्यक कानुन निर्माणमा सरकार प्रतिबद्ध रहेको बताइन्। उनले कानुन समयमा निर्माण हुन सके मात्र अन्तर्राष्ट्रिय सम्झौताको प्रभावकारी उपयोग हुने धारणा व्यक्त गरिन्।

प्राकृतिक विपत्तिलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने उल्लेख गर्दै उनले आदिवासी जनजातिका मौलिक सवाललाई विधेयकमा समेट्ने प्रतिबद्धता पनि जनाइन्। जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी विषयमा संसद् एक ठाउँमा उभिनु सकारात्मक भएको उनको भनाइ थियो।

प्रकाशित: मंगलबार, आश्विन ०६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय