मंगलबार, आश्विन ०६, २०८३
भोटेकोशी बाढीदेखि नेपाल वायुसेवा निगमसम्म, संसदमा उठे विभिन्न सवाल

काठमाडौँ । प्रतिनिधिसभाको विशेष समयमा सांसदहरूले भोटेकोशी बाढीमा उद्धार कार्य, न्यायपालिका सुधार र नेपाल वायुसेवा निगमको व्यवस्थापनलगायतका विषय उठाएका छन्।

राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवामा बाढीमा परेका नागरिकको उद्धारमा प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे। सुरुङभित्र फसेकाहरूलाई समयमै उद्धार गर्न सके जीवितै उद्धार गर्न सकिने अवस्था भए पनि ढिलाइका कारण शव मात्रै निकाल्नुपरेको उनले बताए।

रास्वपाका सांसद यज्ञमणी न्यौपानेले अदालत तथा न्यायालय विधिअनुसार सञ्चालन हुनुपर्ने धारणा राखे। समयसापेक्ष न्यायालयका लागि पुनःसंरचना आवश्यक रहेको भन्दै उनले न्यायाधीशको सम्पत्ति छानबिन गर्न माग गरे।

कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले हवाई सुरक्षामा कुनै पनि सम्झौता गर्न नहुने बताए। उनले नेपाल वायुसेवा निगमलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: मंगलबार, आश्विन ०६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय