मंगलबार, आश्विन ०६, २०८३
आफ्नो मतदाता विवरण जाँच्न आयोगको आग्रह, त्रुटि सच्याउने समय असोज १२ सम्म

काठमाडौँ । निर्वाचन आयोगले प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै मतदातालाई आफ्नो विवरण जाँच गर्न आग्रह गरेको छ।

आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीमा भदौ १५ गतेसम्म नाम दर्ता गराएका मतदाताको विवरण समावेश गरिएको छ।

मतदाता नामावलीमा नाम, थर, जन्ममिति वा अन्य विवरणमा त्रुटि देखिए असोज १२ गतेसम्म आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिएर सच्याउन सकिनेछ। त्यस्तै, अयोग्य व्यक्तिको नाम समावेश भएको भए त्यसविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिने आयोगले जनाएको छ।

आयोगले राष्ट्रिय परिचयपत्रमा आबद्ध मतदाताका लागि अनलाइनमार्फत तस्बिर तथा बायोमेट्रिक्स विवरण पेस गर्ने व्यवस्था गरेको छ। एनआईडीमा आबद्ध नभएका नागरिकले भने सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भई आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।

प्रकाशित: मंगलबार, आश्विन ०६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय