
काठमाडौँ । नक्कली नोट देखाएर ठूलो रकम दिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक र चितवनको भरतपुर महानगरपालिका–१३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछानेलाई बल्खुबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले एक व्यक्तिलाई १० लाख रुपैयाँ लिएर आउन लगाई ३० लाख रुपैयाँ दिने आश्वासन दिएका थिए। तर, ३० लाख रुपैयाँ भन्दै नक्कली नोट दिएर ठगी गरेको प्रहरीले जनाएको छ।

