मंगलबार, आश्विन ०६, २०८३
नौ एजेन्डामा एमाले केन्द्रीय कमिटी बैठक, ओलीले प्रस्तुत गरे राजनीतिक दिशा

काठमाडौँ । नेकपा (एमाले)को तेस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलमा सुरु भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पार्टी पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको संरक्षणमा केन्द्रित हुनुपर्ने बताए। निर्वाचन परिणामको समीक्षा गर्दै संगठनका कमजोरी पहिचान, जनतासँगको सम्बन्ध विस्तार र पार्टी सुदृढीकरणमा जोड दिएका ओलीले राजनीतिक स्थिरताका लागि गलत सूचना र अफवाहप्रति सचेत हुनुपर्ने धारणा राखे। बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसहित नौवटा कार्यसूचीमा छलफल हुँदैछ।

प्रकाशित: सोमबार, आश्विन ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय