मंगलबार, आश्विन ०६, २०८३
कैलालीमा लागु औषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आइतबार धनगढी उपमहानगरपालिका र जानकी गाउँपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

जानकी गाउँपालिका–८ भोक्सीबाट १ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित जोशीपुर गाउँपालिका–३ का ४८ वर्षीय प्रमेश्वर डगौरा थारू पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो।

यस्तै, धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ४६० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी–१ बसन्त टोलका २१ वर्षीय असिम चौधरीसमेत रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: सोमबार, आश्विन ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय