
काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
क्लासिफिकेसन खेलमा नेपालले कीर्गिस्तानविरुद्ध पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले जित्दै प्रतियोगितामा पहिलो जित हात पारेको हो।
यसअघि समूह चरणका दुवै खेलमा नेपाल जापान र इन्डोनेसियासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो।

