शनिबार, आश्विन ०३, २०८३
पाकिस्तानमा बम विस्फोटमा ६ सैनिकको मृत्यु, कारबाहीमा १० संदिग्ध आतंककारी मारिए

उत्तरपश्चिमी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलको सवारीलाई लक्षित गरी सडक किनारमा राखिएको बम विस्फोट हुँदा ६ सैनिकको मृत्यु भएको छ।

स्थानीय अधिकारीका अनुसार हङ्गु जिल्लामा बिहीबार भएको विस्फोटमा सैनिकहरूको मृत्यु भएको हो। घटनापछि उत्तरी वजीरिस्तान र हङ्गु जिल्लामा सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा १० जना संदिग्ध आतंककारी मारिएको पाकिस्तानी सेना र प्रहरीले जनाएको छ।

सेनाका अनुसार गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा संदिग्ध आतंककारी लुकेका स्थानमा छापा मारिएको थियो। पाकिस्तान सरकारले ‘ख्वारिज’ शब्द प्रयोग गर्दै आएका ती व्यक्तिहरूलाई तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का सदस्य रहेको आशंका गरिएको छ।

पाकिस्तानले अफगानिस्तानमा रहेको तालिबान सरकारमाथि टीटीपीलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने काबुलले उक्त आरोप अस्वीकार गर्दै आएको छ।

प्रकाशित: शुक्रबार, आश्विन ०२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय