
काठमाडौँ । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ।
कम्पनीका अनुसार रु. ४९९ मा ‘अनलिमिटेड लाइट ४९९’ प्याकेजअन्तर्गत ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ। दैनिक सीमा पूरा भएपछि बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा चलाउन सकिनेछ।
यस्तै, रु. ६९९ मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेजमा ३० दिनसम्म दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ। सीमा पूरा भएपछि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा उपलब्ध हुनेछ।
पोस्टपेड ग्राहकका लागि रेन्टल शुल्कसमेत प्याकेजमै समावेश गरिएको नेपाल टेलिकमले जनाएको छ। यो अफर असोज २ देखि ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुनेछ।

