
रसुवा । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोलीले बुधबार ३ वटा शव फेला पारेको छ। शव फेला परेपछि अहिले बाहिर निकाल्ने प्रयास भइरहेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि चिलिमेसहित विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदूरहरू सम्पर्कविहीन भएका छन्। चिलिमे आयोजनाका ६ जना अझै सम्पर्कविहीन छन्।

