
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्को अवस्था र जोखिमलाई रियल टाइममा निगरानी तथा पूर्वानुमान गर्न ‘सिचुएसन रुम’ निर्माण गर्ने तयारी भइरहेको बताएका छन्।
उनका अनुसार एआई र भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गरिनुका साथै उद्धार तथा राहत व्यवस्थापनमा ड्रोन र रोबोटिक्सको प्रयोगलाई प्राथमिकता दिइनेछ।

