
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले देशमा उत्पन्न प्राकृतिक विपद् र ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण पूर्वनिर्धारित दक्षिण कोरिया भ्रमण रद्द गरेका छन्।
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेपछि खोज तथा उद्धार, क्षतिग्रस्त संरचनाको पुनःस्थापना र विद्युत् आपूर्ति नियमित गर्ने कार्यलाई प्राथमिकता दिन भ्रमण रद्द गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री श्रेष्ठलाई सेप्टेम्बर १५ देखि १७ सम्म दक्षिण कोरियाको सियोलमा हुने ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो।

