
काठमाडौं । निर्वाचन आयोगले पुरानो दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ।
आयोगका अनुसार मधेस प्रदेशका चार, कोशीका तीन, बागमतीका दुई र सुदूरपश्चिमका एक जनप्रतिनिधिको पद दल त्यागका कारण रिक्त भएको हो।
रिक्त हुनेमा विभिन्न स्थानीय तहका वडाध्यक्षसहित बराहपोखरी गाउँपालिका, खोटाङका उपाध्यक्ष भुवलराज राई र बर्दगोरिया गाउँपालिका, कैलालीका उपाध्यक्ष गणेशराज गिरी रहेका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलबाट निर्वाचित भई पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित दलको निर्णयसहित प्राप्त भएपछि आयोगले पद रिक्त भएको सूचना प्रकाशित गरेको जनाएको छ।

