मंगलबार, कार्तिक ११, २०८३
बाढीपछि पुनरुत्थानको रणनीति बनाउन प्रधानमन्त्री बालेनले बोलाए प्रभावित क्षेत्रका प्रमुख

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित तथा विपद् सङ्कटग्रस्त क्षेत्रका स्थानीय तहका प्रमुखहरूसँग सिंहदरबारमा छलफल गरिरहेका छन्।

बैठकमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुखसँगै नुवाकोटका दुई प्रतिनिधिसभा सदस्य सहभागी छन्। बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको वर्तमान अवस्था, राहत तथा उद्धार कार्य र आगामी पुनःस्थापना एवं पुनरुत्थानका योजनाबारे बैठकमा छलफल भइरहेको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत बैठकमा जोडिएका छन्।

प्रकाशित: सोमबार, भाद्र २९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय