
ललितपुर । हरितालिका तीजको अवसरमा कांग्रेस सभापति गगनकुमार थापाले नेपाली महिलाको सांस्कृतिक धरोहरका रूपमा रहेको तीजले समाजमा आत्मीयता र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।
उनले चाडपर्वहरू केवल उत्सव नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने महत्वपूर्ण माध्यम रहेको बताए। तीजलगायतका पर्वले नेपाली समाजको मौलिकता र विविधताबीचको एकतालाई थप सुदृढ बनाउँदै लैजाओस् भन्दै थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

