बुधबार, कार्तिक १२, २०८३
तीजमा पशुपतिमा भक्तजनको घुइँचो, सुरक्षामा १,२५० प्रहरी खटिए

काठमाडौँ ।  हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

भक्तजनलाई सहज रूपमा दर्शन गराउन बिहान ३:१५ बजेदेखि चारवटै ढोका खोलिएको छ। बिहान ७ बजेसम्म ९ हजारभन्दा बढीले दर्शन गरिसकेको र करिब ३ हजार दर्शनार्थी लाइनमा रहेको प्रहरीले जनाएको छ।

सुरक्षा व्यवस्थापनका लागि १,२५० प्रहरी परिचालन गरिनुका साथै सिसिटिभी, ड्रोन र सादा पोसाकका प्रहरीमार्फत निरन्तर निगरानी भइरहेको छ।

प्रकाशित: सोमबार, भाद्र २९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय