बुधबार, कार्तिक १२, २०८३
दैनिक १४ हजारभन्दा बढी सवारी गुड्ने कृष्णभीरको सडक खुलाउन काम तीव्र

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा बाढीका कारण भासिएको सडकको विकल्पमा निर्माण गरिएको नयाँ ट्र्याकमा ग्राभेल बिछ्याउन थालिएको छ। आजदेखि सडक फराकिलो बनाउने, सतह मिलाउनेसँगै ग्राभेल राख्ने काम अघि बढाइएको हो।

भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको फेद कटान गरेपछि पहाड काटेर नयाँ ट्र्याक निर्माण सुरु गरिएको थियो। हाल दुवैतर्फबाट निर्माण कार्यलाई तीव्रता दिइएको छ।

नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले केही दिनभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित ठूलो संख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको बताए। काठमाडौं जोड्ने यस मुख्य राजमार्गबाट दैनिक १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्छन्।

प्रकाशित: आइतबार, भाद्र २८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय