
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद खरिद–बिक्रीको राजनीतिप्रति आपत्ति जनाउँदै राजनीतिक दलहरूले आफ्ना सांसदको भूमिकामा समेत निगरानी गर्नुपर्ने बताएका छन्।
राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै उनले बागमती प्रदेश सरकार गठनका क्रममा एमालेले राप्रपाका सांसद किनेको दाबी गरे। उनले ठूलो राजनीतिक परिवर्तनपछि पनि सांसद किनबेचको अभ्यास दोहोरिनु दुःखद् भएको बताए।
लिङ्देनले अरूलाई मात्र दोष दिनुभन्दा आफ्नै पार्टीको कमजोरी सुधार्नुपर्ने उल्लेख गर्दै पार्टीको नामबाट निर्वाचित सांसदले पार्टीको निर्णयविपरीत आफूखुसी अर्को दलसँग जान नमिल्ने बताए। “कुनै पनि सांसद व्यक्तिगत हुँदैन, ऊ पार्टीको प्रतिनिधि हो,” उनले भने।

