आइतबार, भाद्र २८, २०८३
दुई छिमेकीको सहकार्यमा नेपालले अवसर खोज्नुपर्छ : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यको परिस्थितिलाई नेपालले आफ्नो हितमा उपयोग गर्नुपर्ने बताएका छन्। उनले ब्रिक्स प्लस शिखर सम्मेलनमा पारित १४० बुँदे प्रस्ताव तथा भारत र चीनका शीर्ष नेताबीच भएको द्विपक्षीय वार्ताका संकेतलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन्।

नेपालजस्तो दुई ठूला शक्तिराष्ट्रबीच रहेको मुलुकले विगतको जस्तो एकअर्काबीचको दूरीमा खेलेर तत्कालीन राजनीतिक स्वार्थ पूरा गर्ने नीति त्याग्नुपर्ने भट्टराईको भनाइ छ। बरु दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्दै आर्थिक विकास र राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने उनले बताएका छन्।

उनले आगामी दिनमा भारत र चीनबीच बढ्न सक्ने प्रतिस्पर्धात्मक सहकार्यबाट लाभ लिन नेपालले कुशल कूटनीति अपनाउनुपर्ने र देशलाई दुई छिमेकीबीचको ‘गतिशील सेतु’का रूपमा विकास गर्नुपर्ने बताएका छन्।

प्रकाशित: आइतबार, भाद्र २८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय