आइतबार, भाद्र २८, २०८३
प्रधानसेनापति सिग्देल चीन भ्रमणमा, ३ असोजसम्म रहने

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा प्रस्थान गरेका छन्। उनी २८ भदौदेखि ३ असोजसम्म चीनमा रहने जंगी अड्डाले जनाएको छ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा हुने १३औँ बेइजिङ सियाङसान फोरममा सहभागिता जनाउनेछन्। उनलाई चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए।

प्रकाशित: आइतबार, भाद्र २८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय