
रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कोटगाउँबाट गाउँपालिकाको केन्द्र सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार दुर्घटनामा जिप चालक र एक महिलाको मृत्यु भएको छ। जिपमा सवार ११ जनामध्ये चार जना गम्भीर र पाँच जना मध्यम घाइते भएका छन्। मृतकको सनाखत हुन सकेको छैन।
घाइतेहरूको शीघ्र उद्धारका लागि गाउँपालिकाको खर्चमा नेपाली सेनाको हेलिकप्टर माग गरिएको अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिएका छन्।

