
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्।
प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा. ममता भट्टराई कोइराला र डिनमा डा. विकास विक्रम सिंह अधिकारी नियुक्त भएका हुन्।
नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसअघि न्याम्सको उपकुलपतिमा प्रा. डा. विवेक आचार्य नियुक्त भएका थिए। उपकुलपति आचार्यको सिफारिसमा मन्त्रालयले अन्य तीन पदाधिकारी नियुक्त गरेको हो।
नयाँ नियुक्तिसँगै न्याम्समा लामो समयदेखि रिक्त रहेका पदाधिकारीका सबै पदमा पदपूर्ति भएको छ।

