मंगलबार, भाद्र २३, २०८३
हङकङको २६१ रनको जवाफमा नेपाल २४६ मै रोकियो, १५ रनको हार

काठमाडौँ । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङविरुद्ध १५ रनको पराजय व्यहोरेको छ।

हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो। इशान पान्डेले ९० रन बनाए पनि नेपाललाई जित दिलाउन सकेनन्। आसिफ शेखले ४४ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुल्शन झाले २० रन जोडे।

पहिले ब्याटिङ गरेको हङकङले बाबर हायातको अविजित ११७ रनको मद्दतमा ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो। बाबरले एहसान खानसँग १२८ रनको अविजित साझेदारी गरेका थिए।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले चार र शेर मल्लले तीन विकेट लिए। हङकङका एइजाज खानले नेपालका चार ब्याटरलाई आउट गरे।

हङकङसँग पराजित भए पनि नेपाल सेमिफाइनलमा पुगेको छ। हङकङ पनि अन्तिम चारमा प्रवेश गर्दा आयोजक मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: मंगलबार, भाद्र २३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय