बुधबार, भाद्र २४, २०८३
ज्ञवालीको आत्मसमीक्षा : ‘जनताका मुद्दाबाट टाढिँदा एमालेको अवस्था यस्तो भयो’

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको पछिल्लो कमजोर अवस्थाबारे आत्मसमीक्षा गर्दै जनतासँगको सम्बन्ध टुट्नु प्रमुख कारण रहेको बताएका छन्।

मधेस प्रदेशमा आयोजित ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रममा उनले पार्टीको ध्यान जनपरिचालन र जनताका समस्याभन्दा सरकारी अधिकारीको सरुवातर्फ केन्द्रित भएको बताए।

ज्ञवालीले एमालेको कार्यशैली सरकारी र राजर्षी बन्दै जाँदा जनतासँग दूरी बढेको बताए। पार्टीले आफ्नो पुरानो जनमुखी शैलीमा फर्किनुपर्ने उनको भनाइ छ।

फागुनको निर्वाचनमा कमजोर नतिजा आउनुमा आन्तरिक एकताको समस्या, समूह–उपसमूहको निर्माण, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद तथा निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न नसक्नु पनि कारण रहेको उनले बताए।

ज्ञवालीले एक वर्षअघि ठूलो र बलियो रहेको एमाले अहिले कमजोर बन्नु जनताका मुद्दाबाट पार्टी टाढिएको परिणाम भएको निष्कर्ष सुनाए।

प्रकाशित: मंगलबार, भाद्र २३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय