बुधबार, भाद्र २४, २०८३
कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन असोज ३, केन्द्रीय महाधिवेशन १६ गतेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनको संशोधित मिति तय भएको छ। कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण यसअघि भदौ २४ गतेदेखि तय गरिएको वडा अधिवेशनको मिति पछि सारिएको हो। देशभरका ६ हजार ७४३ वडामा हुने अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।

असोज ७ गते स्थानीय तहको अधिवेशन र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ। कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।

प्रकाशित: मंगलबार, भाद्र २३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय