
काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त दिनलाई स्मरणसँगै संकल्प गर्ने दिनका रूपमा मनाउनुपर्ने बताएकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत एक वर्षअघि ज्यान गुमाएका युवाहरूको सम्झनामा भविष्यमा त्यस्तो घटना पुनः नदोहोरिने प्रतिबद्धता गर्नुपर्ने बताएकी हुन्।
गत वर्ष भदौ २३ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ युवाले ज्यान गुमाएका थिए। त्यसपछि आन्दोलन थप विस्तार हुँदै देशव्यापी बनेको थियो।
मन्त्री गौतमले शहीद युवाहरूको स्मृतिलाई सम्मान गर्दै उनीहरूले भोगेको पीडा र बलिदान दोहोरिन नदिने जिम्मेवारी सबैको रहेको बताएकी छिन्।

