
काठमाडौँ । रसुवामा भदौ १० गते आएको भीषण भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको स्मरणमा आज नेपालले राष्ट्रिय शोक मनाउँदैछ। सरकारले मृतकप्रति सम्मान व्यक्त गर्न देशभरका सरकारी कार्यालयसहित विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने व्यवस्था गरेको छ।
प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीमा परी १ हजार ३४२ जनाको मृत्यु भएको छ भने ४ हजार ९९६ जना बेपत्ता अर्थात् सम्पर्कविहीन छन्। बाढीका कारण ६ हजार ८३ जना घाइते भएका छन्।
विपद्पछि जारी खोज तथा उद्धार अभियानमा २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको जनाइएको छ।

