आइतबार, भाद्र २१, २०८३
२११ रनको लक्ष्य जोगाउन सकेन नेपाल ‘ए’, न्युजिल्यान्ड ‘ए’सँग २ विकेटको हार

काठमाडौँ । नेपाल ‘ए’ले प्रस्तुत गरेको २११ रनको लक्ष्य न्युजिल्यान्ड ‘ए’ले आठ विकेट गुमाएर पूरा गरेपछि नेपाल दुई विकेटले पराजित भएको छ। मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा २११ रन बनाएको थियो।

पवन सर्राफले ५९ रनको अर्धशतक तथा लोकेश बमले ४७ रन बनाए। न्युजिल्यान्डका म्याथ्यू फिसरले नेपालका चार विकेट लिए।

जवाफी ब्याटिङमा न्युजिल्यान्डका राइस मारिउले १३७ रनको शतकीय पारी खेलेपछि टोलीले ४९.५ ओभरमै लक्ष्य भेट्टायो। योसँगै नेपाल ‘ए’ले अष्ट्रेलिया भ्रमणको एकदिवसीय श्रृङ्खलामा लगातार तेस्रो हार बेहोरेको छ।

प्रकाशित: आइतबार, भाद्र २१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय