
पर्सा । नेपालीलाई प्रवेश निषेध रहेको क्यासिनोमा जुवा खेलाएको आरोपमा प्रहरीले वीरगञ्ज–१४ गण्डकस्थित गोलडेन फिङ्गर गेमिङ जोनबाट आठ जनालाई नियन्त्रणमा लिएको छ।
सूचनाका आधारमा गरिएको छापाका क्रममा जुवा खेलिरहेका व्यक्तिसहित नेपालीलाई क्यासिनो प्रवेश गराउने कार्यमा संलग्न चार कर्मचारी पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

