
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ।
पहिचान खुलेका २४ शव परिवार तथा आफन्तलाई बुझाइसकिएको छ। बाँकीमध्ये ५९ शव हाल अस्पतालमै रहेका छन्।
पोस्टमार्टम गर्न बाँकी रहेका केही शवको प्रक्रिया पूरा भएपछि अस्पतालले तिनको व्यवस्थापन गर्ने जनाएको छ।

