
पर्सा । पर्सा प्रहरीले चेकजाँचका क्रममा ११४ किलो २५ ग्राम गाँजा बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ। पकहाँ मैनपुर गाउँपालिका–१ धोरेमा शुक्रबार राति ८ः४५ बजे गरिएको चेकजाँचका क्रममा बा १८ च ३६५७ नम्बरको निशान कारबाट गाँजा बरामद गरिएको हो।
कारको पछाडिको डिकीमा १२ वटा पोका बनाएर राखिएको गाँजा बरामद भएपछि धादिङको बेनिघाट रोराङ–८ का २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजा, कार र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।

