शुक्रबार, भाद्र १९, २०८३
उद्धार अभियानप्रति गृहमन्त्रीको धन्यवाद, सबै सुरुङमा खोजी जारी

काठमाडौँ । त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार गर्न सफल भएपछि गृहमन्त्री सुधन गुरुङले उद्धार अभियानमा आशा कायम रहेको बताएका छन्।

उनले कठिन परिस्थितिमा समेत निरन्तर खोज तथा उद्धार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरका टोलीप्रति आभार व्यक्त गरेका छन्।

गृहमन्त्री गुरुङले सागर ढकाल र श्रीराम न्यौपानेको निरन्तर प्रयासको उच्च कदर गर्दै सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि सबै सुरुङमा टोली परिचालन भइरहेको बताएका छन्।

प्रकाशित: शुक्रबार, भाद्र १९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय