
काठमाडौँ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

