शुक्रबार, भाद्र १९, २०८३
भोटेकोशी बाढीका मृतकप्रति सम्मान, भदौ २२ मा राष्ट्रिय शोक

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा सरकारले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी आएको १३औँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

सो दिन नेपालका सबै सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

प्रकाशित: बिहिबार, भाद्र १८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय