
स्याङ्जा । स्याङ्जामा जनप्रतिनिधिबीच विवाद चर्किएको छ। चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन्।
प्रहरीका अनुसार मंगलबार दिउँसो १ बजे वडा कार्यालय परिसरमा वडाध्यक्ष वस्तीमाथि मोबिल छ्यापेको आरोपमा थापा मगर पक्राउ परेका हुन्। ३१ वर्षीय थापा मगरमाथि जिल्ला अदालत स्याङ्जाबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ।

