
काठमाडौं । भोटेकोसी नदीको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले अर्थमन्त्रीसँग भेट गरी उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।

