शुक्रबार, भाद्र १९, २०८३
२० भदौमा कांग्रेस कार्यसम्पादन समिति बैठक, महाधिवेशन पनि एजेन्डामा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। बैठक आगामी २० भदौमा बस्ने भएको हो।

बैठकमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट उत्पन्न विपद्का विषयमा छलफल गरिनेछ। त्यस्तै, पार्टीको १५औँ महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने कांग्रेसले जनाएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन भनिएको छ।

प्रकाशित: बुधबार, भाद्र १७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय