बिहिबार, भाद्र १८, २०८३
कारोबार रकम पनि बढ्यो, नेप्से २५३८ विन्दुमा

काठमाडौं । सेयर बजारको साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से १५.४४ अंकले वृद्धि भएर २,५३८.११ विन्दुमा बन्द भएको हो।

बजारमा ७२ लाख ५८ हजार कित्ता सेयर ३९ हजार ५३१ पटक कारोबार भएका छन्। दिनभरमा २ अर्ब ९३ करोड ६५ लाख ६० हजार १६७ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार भने २ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो।

आज ३५४ कम्पनीको सेयर कारोबार भएकामा १८७ कम्पनीको मूल्य बढेको छ। त्यस्तै, ८१ कम्पनीको मूल्य घटेको र १० कम्पनीको मूल्य स्थिर रहेको छ।

बुधबार अप्पर लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा परेका छन्।

प्रकाशित: बुधबार, भाद्र १७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय